दफा ८
इजाजतपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था
: (१) यस ऐन बमोजिम प्रदान गरिएको इजाजतपत्र दुई वर्षसम्म बहाल रहनेछ ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्रको अवधि समाप्त हुनुभन्दा साठी दिन अगावै इजाजतपत्रवालाले इजाजतपत्र नवीकरणका लागि तोकिए बमोजिमको दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि इजाजतपत्रको अवधि समाप्त हुनुभन्दा कम्तीमा पन्ध्र दिन अगावै इजाजतपत्र नवीकरणका लागि लाग्ने दस्तुरको दोब्बर दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा विभागमा निवेदन दिन सकिनेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम नवीकरणका लागि निवेदन प्राप्त भएमा विभागले निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र दुई वर्षका लागि इजाजतपत्र नवीकरण गरी त्यसको जानकारी इजाजतपत्रवालालाई दिनु पर्नेछ ।
(५) यस दफा बमोजिम इजाजतपत्र नवीकरण नभई अवधि समाप्त भएमा त्यस्तो इजाजतपत्र स्वतः रद्द हुनेछ ।